आईसीसी टी–२० विश्वकपअन्तर्गत आज पहिलो सेमिफाइनलमा रोमाञ्चक भिडन्त हुँदैछ । उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यसहित दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोली र न्युजिल्याण्ड राष्ट्रिय क्रिकेट टोली आमनेसामने हुन लागेका हुन् ।
खेल भारतको कोलकातास्थित इडेन गार्डेनमा नेपाली समयअनुसार साँझ ७ः१५ बजे सुरु हुनेछ।
सुपर–८ अन्तर्गत समूह ‘ए’ को विजेताका रूपमा दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको हो। उसले सुपर-८ चरणमा जिम्बाब्वेलाई ५ विकेट, वेस्ट इन्डिजलाई ९ विकेट तथा भारतलाई ७६ रनले पराजित गर्दै प्रभावशाली प्रदर्शन गरेको थियो ।
यता, न्युजिल्याण्ड पनि सन्तुलित प्रदर्शनका आधारमा अन्तिम चारमा पुगेको हो। जारी विश्वकपमा यी दुई टोलीबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । दुवै टोली दोस्रोपटक टी–२० विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छन् ।
दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ, जहाँ साविक विजेता भारत र इङ्ल्याण्ड आमनेसामने हुनेछन् । फाइनल खेल आगामी आइतबार तय गरिएको छ ।







