आइसीसी विश्वकप टी–२० अन्तर्गत सुपर–८ चरणको खेलमा दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोली र वेस्टइन्डिज क्रिकेट टोली बीच प्रतिस्पर्धा भइरहेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भइरहेको खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङ रोजेको हो ।
वेस्टइन्डिजले निर्धारित ओभरहरूमा ६ विकेट गुमाएर प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । हाल जेसन होल्डर र म्याथ्यु फोर्ड क्रीजमा छन् ।
रोवमन पावेल ८ रन बनाएर आउट भए । उनलाई लुंगी एनगिडीले डेवाल्ड ब्रेविसबाट क्याच गराउँदै पवेलियन फर्काए । यो एनगिडीको खेलमा तेस्रो विकेट हो । उनले यसअघि रोस्टन चेज (३९ रन) र ब्रान्डन किङ (३९ रन) लाई पनि आउट गरेका थिए ।
यसअघि कर्बिन बोशले शेरफेन रदरफोर्ड (३८ रन) लाई विकेटरक्षक क्विन्टन डी ककमार्फत क्याच गराए। त्यस्तै कगिसो रबाडाले शिमरोन हेटमायर ९ रन र शाइ होप ४२ रन लाई आउट गरेका थिए ।
दक्षिण अफ्रिकाका बलरहरूले नियमित अन्तरालमा विकेट लिँदै वेस्टइन्डिजलाई दबाबमा राखेका छन् । खेल रोमाञ्चक अवस्थामा अघि बढिरहेको छ।







