टी–२० विश्वकप २०२६: आज नेपाल–स्कटल्याण्ड खेल, सुपर ८ मा वेस्ट इन्डिज र इङ्ग्ल्यान्ड

पोखरा । टि–२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘सी’ को आज हुने अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ ।

समूहको अंकतालिकामा क्यारेबियन राष्ट्र वेस्ट इन्डिज ३ खेलमा शतप्रतिशत जितसहित ६ अंक सहित शीर्ष स्थानमा रहँदै सुपर ८ मा पुगेको छ । त्यस्तै युरोपेली देश इङ्ग्ल्यान्ड ४ खेलमा ३ जितसहित ६ अंक सहित दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

युरोपकै स्कटल्याण्ड ३ खेलमा १ जित र २ हारसहित २ अंकमा सीमित रहँदा सुपर ८ पुग्न सकेन । इटाली पनि ३ खेलमा १ जित र २ हारसहित २ अंकमै रहेका कारण बाहिरिएको छ । नेपाल भने तीनै खेल हार्दै शुन्य अंकसहित प्रतियोगिताबाट बाहिरिसकेको छ ।

आजको खेलले अंकतालिकामा कुनै प्रभाव पार्ने छैन । तर नेपालका लागि यो खेल प्रतिष्ठाको विषय बनेको छ । सन् २०१४ पछि विश्वकपमा जित हात पार्न नसकेको नेपाल अन्तिम खेल जित्दै सकारात्मक सन्देशसहित प्रतियोगिता टुंग्याउने लक्ष्यमा मैदान उत्रनेछ ।

Scroll to Top