हेमजा हिले महोत्सव हुने

-


     नयाँ लिपि    
     असार १० गते २०८१ मा प्रकाशित


पोखरा ।  राष्ट्रिय धान दिवसको अवसरमा असार १५ गते  चौथो संस्करणको ‘हेमजा हिले महोत्सव २०८१’ हुने भएको छ । 

देविस्थान सेवा समाज हेमजाको आयोजनामा हुने हिले महोत्सवमा समग्र  पोखरा साथै विष्णुपादुका माई मन्दिरमा पर्यटक आगमन बढने अपेक्षा गरिएको छ। । 

हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा युवापुस्तालाई गर्व गराउदै कृषिमा आकर्षण बढाउने उदेश्य साथ महोत्सवको आयोजना गर्न लागेको आयोजकले जनाएको छ।

“कृषिमा कृषकलाई प्रोत्साहन ः विष्णुपादुका माई मन्दिर हेमजाको सान” भन्ने मुल नाराका साथ आयोजना हुन लागेको  महोत्सवमा हिले फुटबल, महिला पुरुष हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, झाँकी प्रदर्शनी,विद्मालय स्तरीय धान रोप्ने प्रतियोगिता,हल गोरु दौड, माछा समाउने,असारे गीत प्रतियोगिता साथै उत्कृष्ट किसान सम्मान कार्यक्रम हुनेछ । उक्त महोत्सवमा विभिन्न कलाकारहरुको संस्कृतिक प्रस्तुति समेत रहने छ । 

प्रतियोगितामा प्रथम र द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

आयोजकले महोत्सब सञ्चालनका लागि अनुमानित रु ७ लाख ३५ हजार खर्च लाग्ने अनुमान गरेको छ ।