
पोखरा । न्यू डायमण्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब प्रतियोगिता महिलातर्फको च्याम्पियन बनेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड च्याम्पियन बनेको हो ।
न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पा¥यो । च्याम्पियन भए सँगै न्यू डायमण्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पा¥यो ।
फाइनलमा चुकेको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो ।
तेस्रो बनेको थाइल्याण्ड क्विन्सले २ लाख ६ हजार ६६६ रुपैयाँ पायो ।
न्यू डायमण्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी बनिन् । उनले २६ हजार ६६६ रुपैयाँ पाइन् ।
सर्भर प्रतिभा माली, लिविरो शान्तिकला तामाङ, सेटर प्रगती नाथ, ब्लकर सुनिता खत्री, स्पाइकर पथैया र प्रशिक्षक कुमार राई विधागततर्फ उत्कृष्ट बने । उनीहरुले जनही ११ हजार ६६६ हात पारे ।
अब पुरुषतर्फ समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबिचको खेल सुरु हुनेछ ।
उक्त खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।







