prativa cricket

माघ १८ देखि पोखरामा प्रतिभा सुपर लिग क्रिकेट

पोखरा । पोखरामा माघ १८ गतेदेखि अन्तर माध्यमिक विद्यालयस्तरीय प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतिभा माविको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोगमा हुने प्रतियोगिता माघ २५ गतेसम्म पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुनेछ।

प्रतियोगितामा प्रतिभा माविसहित १२ विद्यालय सहभागी छन्। लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ।

Scroll to Top