tiger cup volleyball

टाइगर कपः पुलिस क्लबको विजयी सुरुआत, आर्मीको दोस्रो हारमा

पोखरा । पोखरामा छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ। शनिवारको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्‍यो। पहिलो सेट आर्मीले २५–१६ ले जितेको भए पनि त्यसपछिका तीन सेट पुलिसले २५–१७, २५–२२ र २५–१३ ले आफ्नो पक्षमा पारेको थियो।

पुलिसकी एलिसा मानन्धरलाई प्लेयर अफ द म्याच घोषित गरिएको छ। आर्मीले लगातार दोस्रो हार बेहोरेको छ।

च्याम्पियनसिपमा आज महिलातर्फ शसस्त्र प्रहरी बल (एपिएफ) र थाइल्याण्ड क्विन्सबिच बीच खेल हुनेछ। पुरुषतर्फ गण्डकी प्रदेश र माल्दिभ्स भलिबल एसोसियसनबीच पहिलो खेल र नेपाल पुलिस क्लब र पर्वत भलिबल संघबीच दोस्रो खेल हुने तालिका छ।

माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएका छन्। प्रतियोगिता सिंगल राउन्ड रोविन प्रणालीमा खेलिनेछ र शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्।

Scroll to Top