tiger press meet

छैटौं टाइगर कप भलिबलको तयारी पूरा,प्राविधिक कारणले आयोजक नखेल्ने

santan ads

पोखरा । एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक टाइगर ग्रुप अफ नेपालले पोखरा रंगशालामा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतियोगिता माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोटमा सञ्चालन हुने जानकारी दिएको हो ।

प्रतियोगिताको उद्घाटन दिन भोलि तीन खेल हुनेछन् । नेपाल भलिबल संघको स्वीकृति तथा समन्वयमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टोली सहभागी हुनेछन्। यस संस्करणमा थाइल्याण्ड र माल्दिभ्सका विदेशी टोलीको सहभागिता प्रमुख आकर्षणका रूपमा रहेको छ ।

महिलातर्फ थाइल्याण्ड क्विन्ससँगै नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र टिप–टप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब सहभागी छन् । पुरुषतर्फ माल्दिभ्सको टोलीसँगै गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता मुल आयोजक समितिका संयोजक एवं टाइगर ग्रुप अफ नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले भलिबलको उर्वर भुमी गण्डकी प्रदेशको राजधानी पोखरामा सञ्चालन हुने छैटौं सस्करण आवश्यक तयारी पुरा भएको जनाएका छन । साथै उनले यस पटक प्राविधिक कारणले आयोजकले भाग नलिने जनाएको छन् ।

महिला तथा पुरुष दुवै विधाका विजेताले समान पुरस्कार प्राप्त गर्नेछन् । प्रथम हुने टोलीले ६ लाख ६६ हजार ६६६, दोस्रोले ३ लाख ६६ हजार ६६६ र तेस्रोले २ लाख ६ हजार ६६६ रुपैयाँ हात पार्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई २६ हजार ६६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड ८० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । दर्शकहरूका लागि ३,५०० रुपैयाँ मूल्यको अनलाइन सिजनल टिकट खल्ती एपमार्फत उपलब्ध रहेको छ भने जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Scroll to Top