अभिक ‘हिमालयन च्यालेन्जर्स’ च्याम्पियन

santan ads

काठमाडौं । सेन्ट जेभियर्स कलेजका अभिक शाह शतप्रतिशत जितसहित हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस च्याम्पियन बनेका छन् । 

उनले अन्तिम तथा नवौं चरणमा हार्दिक पन्तलाई पराजित गर्दै सोमबार ट्रफी चुमेका हुन् ।

कुल १ लाख ३५ हजार रुपिया पुरस्कारको हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक खेलमा हरेक खेलाडीलाई ९० मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय दिइएको थियो । 

लगातार नौ दिनको रोमान्चक प्रतिस्पर्धापछि द ब्रिटिश कलेजका सजल न्यौपाने (१९ अंक) उपविजेता भए भने संस्कार गुरुकुल स्कुलका आशिर्वाद थापा (१८ अंक) तेस्रो स्थानमा रहे ।

१७ वर्षीय शाह  हिमालयन चेस एकेडेमीले आयोजना गरेको पहिलो प्रतियोगिता एसईई कपको विजेता पनि हुन् ।

Scroll to Top