
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । भारतको राजधानी दिल्लीस्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको हो ।
भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता समेत रहेका तामाङ भारतीय मूलका नेपालीभाषी गायक हुन् ।
सिक्किमको न्यूज मिडिया नर्थइष्ट नाउले प्र्रशान्तको मृत्युको पुष्टी गरेको छ ।
गायनसँगै तामाङले अभिनयमा पनि सक्रियता देखाएका थिए । उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’ लगायतका सफल नेपाली चलचित्रमा मुख्य भूमिका निर्वाह गर्नुका साथै पार्श्व गायनमा पनि योगदान दिएका छन् ।
भारतीय पूर्वप्रहरी रहेका प्रशान्तले ‘पाताललोक सिजन-२’ मा समेत अभिनय गरेका छन् ।
प्रशान्तका एक छोरी र श्रीमति छन् । आमाको मृत्युपछि उनी बढी समय छोरीसँग रहने गरेका थिए । प्रशान्त पत्नी विमान परिचारिका हुन् ।







