
देशकै चर्चित सांगीतिक ब्याण्ड नेपथ्य पुनः नेपाल टूरमा निस्कने भएको छ ।
नेपथ्यले दिएको आधिकारिक जानकारी अनुसार आगामी फागुन २ गते तनहुँको बन्दीपुरमा कन्सर्ट आयोजना हुने भएको छ ।
बन्दीपुरस्थित टुँडिखेलमा हुने कन्सर्टकालागि बेलुकी सवा ४ बजे मुल प्रवेशद्वार खुल्ने र सवा ६ बजे बन्द हुने नेपथ्यले जानकारी दिएको छ ।
यसपटकको नेपाल टुर मध्य नेपालमा हुनेछ । जसको सुरुवात फेब्रुअरी ४ तारिख हेटौंडाबाट हुने बताइएको छ ।
त्यसपश्चात्, ७ तारिख बुटवल र १० तारिख चितवनमा कन्सर्र्टको मिति तोकिएको छ ।
टूरको अन्तमा फेब्रुअरी १४ अर्थात् फागुन २ गते बन्दीपुरमा कन्सर्ट राखिएको छ ।
टूरको आयोजकमा ने-को इभेन्ट्ज रहेको छ ।







