
पोखरा । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित २२औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा करन बहादुर थापा र जितेन्द्र परियार च्याम्पियन बनेका छन् ।
आज (बुधबार) पोखरा रंगशालामा भएको फाइनल खेलमा आयुषमान हजुर घलेलाई ६–०, ४–६ र ६–३ को सेटमा पराजित गर्दै मेन्स सिंगल तर्फ करन च्याम्यिन बनेका हुन । त्यस्तै ३५ वर्ष माथिको मेन्स सिंगल फाइनल खेलमा सन्तोष खत्रीलाई ६–१, ६–० को सेटमा पराजित गर्दै जितेन्द्र परियार च्याम्पियन बनेका हुन ।
च्याम्पियन बने संगै करनले ८० हजार र जितेन्द्रले ६० हजार नगद सहित ट्रफि मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गरे ।
मेन्स सिंगलमा दोश्रो भएका आयुषमानले नगद ४० हजार, ३५ वर्ष माथिको मेन्स सिंगलमा दोस्रो भएको सन्तोषले ३० हजार नगद सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।
पुरस्कार वितरण कार्यक्रममा कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङ,प्रथम उपाध्यक्ष नविन चालिसे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा नेपाल नम्बर १ टेनिस खेलाडी प्रदीप खड्काले पोखरेली उदीयमान खेलाडी आर्यषराज पौडेललाई टेनिस प्रशिक्षण दिलाउने सहमति पत्रमा हस्ताक्षर समेत गरेका छन।







