नयाँको समानुपातिक सूचीमा ‘शक्तिशाली’को बर्चस्व: भावनाको कडा आपत्ति

santan ads

नयाँ राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको सूचीमा पहुँचवाला, शक्तिशाली र आफन्तहरूलाई प्राथमिकता दिएको भन्दै युवा पुस्ता (जेनजी) का प्रतिनिधिहरूले कडा विरोध जनाएका छन् ।

जेनजी प्रतिनिधि भावना राउतले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै समानुपातिक प्रणालीको मूल मर्ममाथि प्रहार भएको बताएकी छिन् ।

राउतले समानुपातिक प्रणाली उत्पीडित र प्रतिनिधित्व हुन नसकेका वर्गका लागि भए पनि यसलाई शक्ति र पैसा हुनेहरूले कब्जा गरेको आरोप लगाएकी छिन् ।

‘निर्वाचन लड्न सक्ने शक्ति, पैसा, पहुँच र पहिचान भएकाहरू समानुपातिक सूचीमा बस्दा अलिकति पनि लाज लागेन ?’ भन्दै उनले नेतृत्वमाथि प्रश्न उठाएकी छिन् ।

उनले सुदूरपश्चिम, मधेस, दलित र जनजातिलाई आन्दोलनमा मात्र प्रयोग गरिएको र सत्ताको कुर्सीमा फेरि पनि सहरका ‘ब्रान्डेड’ अनुहार मात्रै ल्याइएको भन्दै यसलाई ‘खुला धोका’ को संज्ञा दिएकी छिन् ।

नयाँ र वैकल्पिक भनिने दलहरूले पुरानाकै शैली अपनाएकोमा आपत्ति जनाउँदै उनले कलाकार, गायक र खेलाडीहरूलाई मैदानमा लड्न छोडेर अरूको अवसर नखोस्न समेत चेतावनी दिएकी छिन् ।


Scroll to Top