
आइतबार बिहान २:४० तिर पोखरा, गौडामुख देखि हराएको बुलेट बाईक आज वडा १३ आर्वा बिजयपुर गुम्बा नजिकै यस्तो हालतमा भेट्टिएको छ।
उक्त बुलेट चोरेर लैजाँदै गरेको सीसीटीभी फुटेजसमेत सार्वजनिक गरिएको छ ।
जसमा उक्त बाइक काहुँखोला पुल तारेर देब्रे मोडिँदै आर्वातर्फ लगिएको थियो । जुन आज यस हालतमा फेला परेको स्थानीय कुमार केसीले जनाएका छन् ।
बुलेट चोरेर लैजाँदा गर्द त्यसको पछि स्कुटरमा सवार १ जनाले साथ दिएको देख्न सकिन्छ ।
यस विषयमा प्रहरीलाई जानकारी गराइने बताइएको छ ।
केही दिनअघि सोही क्षेत्रमा रातो रंगको स्कुटर चोरेर छाडिएको थियो । उक्त स्कुटर भने सम्बन्धित व्यक्तिले पाइसकेका छन् ।







