दोस्रो पुम्दी-भुम्दी पर्वतीय दौडको खर्च १३ लाख

santan ads

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको आर्थिक विवरण सार्वजनिक भएको छ ।

पोखरा क्लिक र पोखरा प्रबर्धन केन्द्रले शुक्रबार आय–व्यय विवरण बाहिर ल्याएका हुन् । गत असोज ११ गते भएको दौड सम्पन्न गर्न १३ लाख २ हजार २ सय ५० रुपैयाँ खर्च भएको छ ।

अहिलेसम्म विभिन्न व्यक्ति तथा संघ संस्थाबाट ९ लाख ९ हजार रुपैयाँ संकलन भएको छ । जेनजी आन्दोलनका कारण केही संघ संस्थाबाट भुक्तानी पाउन ढिलाइ भएको छ । त्यसले गर्दा केही रकम भुक्तानी गर्न बाँकी रहेको आयोजकले जनाएको छ ।

सहयोग गर्ने वाचा गरेका संस्थाबाट रकम आएपछि घाटा कम हुने विश्वास लिइएको छ । आगामी संस्करणलाई अझ व्यवस्थित बनाइने संयोजक दीननाथ बरालले बताए ।

प्रतियोगितामा नेपालसहित ८ देशका १ सय ६७ जना धावक सहभागी थिए । नेपालबाहिर बेलायत, नर्वे, इजरायल, फ्रान्स, अमेरिका, स्पेन र क्यानडाका धावक दौडिएका थिए ।

विश्व पर्यटन दिवसको अवसर पारेर प्रतियोगिता गरिएको थियो । यसले खेल पर्यटन प्रबर्धनमा टेवा पु¥याएको आयोजकको दाबी छ ।

Scroll to Top