एकताको फलः बालेनलाई समानुतिकतर्फ ४० सिट

santan ads

आइतबार बिहान बालेन्द्र साह (बालेन) र रास्वपाबीच सहमति भएपछि उनीहरुले ७ बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्।

यसबीच ७ बुँदे सम्झौता भएको समाचार सार्वजनिक भएपनि बालेन र रवि लामिछानेबीच समानुपातिकतर्फको सिट वितरणसमेत फाइनल गरिएको विशेष स्रोतले बताएको छ ।

स्रोतले दिएको सूचनाअनुसार बालेनको टिमले तयार पारेको ४० जनाको सूचीलाई रास्वपाले स्वीकृत गरेको छ ।

बाँकी ७० जना उम्मेदवार पार्टीका पक्षबाट रहनेछन्। दुवै पक्षबीच मिलेर जाने विषयमा मौखिक समझदारी भएको बताइएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक तर्फको उम्मेदवार नाम बुझाउने अन्तिम म्याद सोमबार ९पुस १४० तोकेको छ ।

Scroll to Top