
पोखरा । पोखरामा कृयाशिल सामूदायिक विद्यालयका शिक्षक सम्बद्ध महासंघ सहित संघ संगठनले महानगर क्षेत्र भित्रका समूदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय एवम् प्रभावकारी बनाउने सम्बन्धमा आन्तरिक बहस सुरु गरेका छन् ।
राज्यको महत्वपूर्ण लगानी भैरहेको सामूदायिक विद्यालयहरूमा घट्दै गएको विद्यार्थी संख्याका साथै यसतर्फ अभिभावक तथा विद्यार्थीको आकर्षण बढाउनका लागि शिक्षक सम्बद्ध संघ संगठनबाट खेल्न सकिने भूमिका लगायतका विषयमा बहस थालिएको हो ।
एक अर्का दोषारोपण गर्न भन्दा पनि सबैको सामूहिक प्रयासबाट यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सकिन्छ भन्ने विश्वास सहित शिक्षक सम्बद्ध सघ संगठनहरूले यस सम्बन्धमा सामुहिक बहसको थालनी गरेको एकिकृत अखिल नेपाल शिक्षक संगठन पोखरा महानगरपालिकाका अध्यक्ष टंकप्रसाद सुवेदीले जानकारी दिए दिए ।
कार्यक्रममा नेपाल शिक्षक महासंघ पोखरा महानगरपालिकाका अध्यक्ष नन्दलाल काफ्ले, नेपाल शिक्षक संघ पोखरा महानगरपालिकाका अध्यक्ष किरणबाबु न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगरपालिकाका अध्यक्ष यामनारायण लामिछाने, नेपाल शिक्षक महासंघ पोखरा महानगरपालिकाका सह अध्यक्ष दुर्गाप्रसाद सुवेदी, सचिव गोपिराज अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव नेपाल प्रकाश अधिकारी,नेपाल शिक्षक संघका सचिव नवराज आचार्य लगायतले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सरोकारवाला सबैको एकतावद्ध प्रयास आवश्यक हुने कुरामा जोड दिएका थिए थिए ।
स्रोत केन्द्रको सञ्चालनसँगै हाम्रा उत्पादित जनशक्तिलाई स्वरोजगारसँगै बजारमा बिक्न सक्ने बनाउनका लागि सार्थक बहससँगै पहलकदमी आवश्यक रहेको उनीहरूको भनाइ छ ।







