सडक महोत्सवमा ‘लेकाली र देउराली’ ले पनि प्रस्तुती दिने

santan ads

पोखरा । पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा पोखराका चर्चित व्याण्डहरु लेकाली र देउराली पनि प्रस्तुती दिने भएका छन् । 

गत वर्ष पोखरामा आयोजित व्याक टु नाईन्टिजबाट जुर्मुराएका दुई व्याण्डहरु लेकाली र देउराली गुञ्जिने भएका हुन् । 

रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १६ गते बेलुका न्यू ईयर ईभ विशेष कार्यक्रममा लेकाली र देउराली व्याण्डले पनि प्रस्तुती राख्ने सांगीतिक कार्यक्रम संयोजक शेरबहादुर गुरुङले जानकारी दिए ।

कार्यक्रममा लेकाली व्याण्डका गायक नवीन गुरुङ र भाई गुरुङले यो ‘मुटुमा’, पहिलो नजर, कहाँबाट, वनमा कस्तुरी, मुटु चिरी, पोखरेली नानी, सपनीमा अञ्जुली, नजाउन छाडीलगायतका गीतहरु प्रस्तुत गर्नेछन् । त्यस्तै, देउराली व्याण्डले ढुंगे साँघुको मेलामा, लुकीचोरी, रेशम, दालभात तरकारीलगायतका गीतहरु प्रस्तुत गर्ने गुरुङले जानकारी दिए । 

सो अवसरमा देउराली व्याण्डले लोक स्रष्टा स्वर्गिय कल्याण शेरचनको ‘सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ भन्ने गीतसमेत प्रस्तुत गर्ने उनले बताए । सो दिन अहिलेकी भाईरल डान्सर कार्टुन क्रुजकी आस्मा विश्वकर्माको विशेष प्रस्तुती रहनेछ । न्यू ईयर ईभलाई स्पेसल बनाउन उनले अहिलेको भाइरल छिकिरी छिकिरीलगायतका गीतहरुमा डान्स प्रस्तुती दिनेछिन् ।

न्यू ईभ विशेषमा यस वर्ष एक्स नेपथ्यले विशेष प्रस्तुती दिनेछ । नेपथ्य व्याण्डका स्थापनाकालीन गायकहरु गायकहरु रविन श्रेष्ठ र गौतम गुरुङले लाईभ व्याण्ड प्रस्तुती दिने गुरुङले जानकारी दिए । 

जहाँ रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरी, नक्कली कान्छीलगायतका गीतहरु प्रस्तुत गर्दैछन् । 

त्यस्तै, गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकास, यार्लिङ कहाँ खस्यो ?लगायतका चर्चित प्रस्तुत गर्नेछन् ।

त्यस्तै, भाईरल गायक उज्जन शाक्यले पनि लाईभ प्रस्तुती दिनेछन् भने सो अवसरमा पोखरेली चर्चित व्याण्ड डिमर्चाको पनि विशेष प्रस्तुती रहने उनले बताए ।

पुस १५ गते दिउँसो तमु (गुरुङ) समुदायको ल्होसार कार्यक्रम हुनेछ भने त्यसपछि अपराह्न ४ बजेदेखि अहिलेका चर्चित व्याण्डहरु स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुञ्जिने छन् । 

लाईभ व्याण्ड प्रस्तुती हुने सो कार्यक्रममा अहिलेका लोकप्रिय कलाकार स्वप्न सुमनले जे छौं तिमी, कसरी भनूँ तिमीलाई, बाचा भयो, म तिम्रोलगायतका चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । सो दिन चक्र व्याण्ड पनि ब्लाष्ट हुनेछ । 

सो दिन दिउँसो भने प्रिती आले, देउराली व्याण्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुती रहनेछ भने दीवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुती रहने उनले बताए ।

त्यस्तै, केहर एण्ड द लुङ्गाले पनि लाईभ व्याण्ड प्रस्तुतीमार्फत सररर, तिमीलाई सम्झेर, बैगुनी, तिमी बिनालगायतका गीतहरु गुञ्जाउने छन् । यी दुबै व्याण्डका गीतहरु अहिले भाईरल छन् । जसले गर्दा पोखरेली दर्शकको रोजाई बन्ने अपेक्षा गरिएको सञ्चालक गुरुङले बताए ।

त्यस्तै, पुस १४ गते अन्तरविद्यालय खुल्ला नृत्य प्रतियोगिता हुनेछ भने दिउँसोदेखि साँझसम्म ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि बिजेता तथा उपबिजेताहरुको सांगीतिक प्रस्तुती रहने जनाइएको छ । 

Scroll to Top