साफको पहिलो क्लब च्याम्पियनशीपको फाइनल आज, एपीएफ र इस्ट बंगाल मैदानमा

santan ads

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिपको शनिबार फाइनल भिडन्त हुँदैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाम हुने फाइनलमा भिडन्तमा नेपालको लिग च्याम्पियन सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र भारतको लिग च्याम्पियन इस्ट बंगाल एफसीबीच प्रतिस्पर्धा हुँदैछ।

साझ पाँच बजेदेखि हुने फाइनल भिडन्त जुन टोलीले जिते पनि नयाँ इतिहास लेखिनेछ।

किनभने पहिलो पटक साफले महिला क्लब च्याम्पियन पाउनेछ। साफ क्षेत्रमा महिला फुटबल विकासमा यो एउटा कोशेढुंगा समेत सावित हुनेछ।

यो संस्करणको साफमा पाँच टोलीले भाग लिएका थिए। नेपालको एपिएफ र भारतको इस्ट बंगालसहित भुटानको ट्रान्सपोर्ट युनाइटेड, पाकिस्तानको कराँची सिटी र बंगलादेशका नशरिनले भाग लिएका थिए।

जसमा एपिएफ र इस्ट बंगाल लिग चरणमा अपराजित रहँदै फाइनल खेल्न लागेका हुन्।

Scroll to Top