नेपालमा ३ सय पाइलट बेरोजगार छन्ः – शिक्षामन्त्री पुन

santan ads

शिक्षामन्त्री महावीर पुनले नेपालमा ३ सय विमानचालक (पाइलट) बेरोजगार रहेको तथ्य प्रस्तुत गरेका छन् ।

पाइलट पढाउन चाहने अभिभावकलाई जानकारी दिँदै शिक्षामन्त्री पुनले फिलिपिन्स, दक्षिण अफ्रिकालगायतका देशमा अध्ययन गरेर फर्किएकाहरु बेरोजगार रहेका जनाएका हुन् ।

‘एकजना अभिभावक आएर ७० लाख खर्चेर पढाएको सन्तान बेरोजगार भएको कुरा रुँदै बताउनुभयो’ पुनले भनेका छन् ।

हाल नेपालमा ३५ वटा जहाज उडानमा रहेको बताउँदै पुनले पाइलट पढाउनु अघि विचार गर्न सुझाएका छन् ।

Scroll to Top