महासचिवमा पोखरेललाई दोहोर्‍याउने निर्णयपछि असन्तुष्ट ज्ञवाली बाहिरिए

नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली समूहले पुरानै महासचिव शंकर पोखरेललाई दोहोर्‍याउने निर्णय गरेको छ।

अध्यक्ष ओलीले दुई दिनदेखि गुण्डुमा चलेको गुट बैठकबाट पोखरेललाई नै महासचिवमा दोहोर्‍याउने निर्णय गरेका हुन् ।

तर शंकरलाई महासचिवमा प्रस्ताव गरिएपछि अर्का दाबेदार उपमहासचिव प्रदीप ज्ञवालीले भने बैठक नै छाडेर हिँडेका छन् ।

उनी र पृथ्बी सुब्बा गुरुङले महासचिवमा दाबी गरेका थिए। तर ओलीले शंकरलाई नै निरन्तरता दिने भएपछि ज्ञवालीले आफू अब कुनै पदमा उम्मेदवारी नदिने निर्णय सुनाउँदै गुण्डुबाट बाहिरिएका हुन् ।

Scroll to Top