आज अन्तर्राष्ट्रिय मानवअधिकार दिवसः समावेशी समाज निर्माणमा जोड

santan ads

आज विश्वभर अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइँदैछ ।

यसै अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मानवको गरिमा, समानता र स्वतन्त्रता जोगाउन समावेशी, न्यायपूर्ण र अधिकारमैत्री समाज निर्माणका लागि गण्डकी प्रदेश सरकार निरन्तर प्रतिबद्ध रहेको बताएका छन् ।

‘मानवअधिकार प्रत्येक व्यक्तिको पहिचान, सम्मान र सुरक्षित जीवनको आधार हो’ मुख्यमन्त्री पाण्डेको भनाई छ ।

मानवअधिकार दिवसले हामी सबैलाई मानवको गरिमा सर्वोपरि हुन्छ भन्ने सन्देश दिएको बताउँदै पाण्डेले समावेशी, न्यायपूर्ण र नैतिक शासन व्यवस्थाको दिशामा अघि बढ्न प्रेरणा मिल्ने उल्लेख गरेका छन् ।

मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको मिति १९४७ डिसेम्बर १० देखि विश्वभर दिवस मनाइँदै आएको छ ।

Scroll to Top