हुन्डी कारोबारी सरोज श्रेष्ठ पक्राउ

santan ads

नेपाल प्रहरीले हुन्डीमार्फत ५७ लाखभन्दा बढी कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालीमाटीको टोलीले काठमाडौँ महानगरपालिका-१४ कुलेश्वरस्थित चुन्ने पाखा टोलमा हुण्डीमार्फत् बढी ५७ लाख ४७ हजार ३५० रकम कारोबार गर्ने काभ्रेपलाञ्चोकको नमोबुद्धका ३४ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक(एसपी) पवनकुमार भट्टराईले जानकारी दिए ।

Scroll to Top