
शिक्षामन्त्री महावीर पुनले केपी शर्मा ओलीको कुटीमाथि कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जालमा कुटीको नक्सा बनाउन भनेपछि दरबारको नक्सा बनाएको भन्दै इन्जिनियरलाई सख्त कारवाही गर्नुपर्ने टिप्पणी गरेका हुन् ।
रमाइलोे शैलीमा पुनले उक्त इन्जिनियरलाई घोर बेइज्जती तना मानहानीको मुद्दा लगाउनु पर्ने माग रहेकोसमेत लेखेका छन् ।
पुनले लेखेका छन्ः
‘यो नक्सा डिजाईन गर्ने इञ्जीनियरलाई सख्त कार्वाही गर्नु पर्छ । अनी घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो भाग छ।
हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याउ भने पछि यत्रो ठूलो दरवारको नक्सा बनाई दिनु हुन्छ त उसले । कहाँ सम्मको लापरवाही हो यो ?’







