हेटौडामा डोजर चलेपछि उज्यालो नेपालकी विद्याले पार्टी छाडिन्

santan ads

उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले राजीनामा घोषणा गरेकी छिन् ।

आज सामाजिक सञ्जालमार्फत उनले राजीनामा घोषणा गरेकी हुन् ।

हेटौडामा भएको सडक विस्तारको विरोध गर्दै उनले राजीनामा दिएको उल्लेख गरेकी छिन् । सडक विस्तारमा बल प्रयोग गरेर सरकारले मानव अधिकार विरोधी काम गरेको उनको आरोप छ ।

उनले लेखेकी छिन्– ‘म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु।अरू अभियन्ता साथीहरू के गर्नु हुन्छ ? मेरो नैतिकताले दिएन । म हेटौडा पीडितको साथ छु ।’

Scroll to Top