बयानमा बोलाइएका महानिर्देशक अधिकारी अख्तियारद्वारा पक्राउ

santan ads

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकस्थित हेलिप्याड निर्माणमा अनियमितता भएको आशंकामा बुधबार बोलाएर उनलाई पक्राउ गरेको हो।

अख्तियारका अनुसार नलिन्चोक हेलिप्याड निर्माणसम्बन्धी प्रक्रियामा आर्थिक अनियमितता र पद दुरुपयोग भएको ठहर भएपछि अधिकारीसहित अन्य संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।


अख्तियारले आवश्यक अनुसन्धान पूरा भएपछि अभियोगपत्र दर्ता गर्दै विशेष अदालतमा मुद्दा चलाइएको जनाएको छ।

हेलिप्याड निर्माणमा बजेट विनियोजन, खर्च विवरण र ठेक्का प्रक्रियामा गम्भीर बेथिति भेटिएको आयोगको दाबी छ।

Scroll to Top