रास्वापा काठमाण्डौं सभापतिद्वारा राजीनामा

santan ads

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पनि राजीनामा दिएका छन् ।

पार्टी भित्र चर्किँदै गएको असन्तुष्टिबीच विष्टले बागमती प्रदेश समितिमा राजीनामा बुझाएका हुन्। उनले सभापति पद मात्र छोडेको, तर पार्टी नछाडेको स्पष्ट पारेका छन्।

विष्ट २०७९ को प्रतिनिधिसभा चुनावमा रास्वपाबाट काठमाडौं–१० का उम्मेदवारसमेत बनेका थिए।

जेनजी आन्दोलनपछि पूर्वमन्त्री सुमना श्रेष्ठले राजीनामा दिएपछि डा. प्रभात अधिकारी, हरि भट्ट, सन्तोष परियारलगायतका नेताहरूले पनि क्रमशः छाडिसकेका छन् ।

Scroll to Top