
जारी नेपाल प्रिमियर लीग (एनपीएल)मा आज आइतबार कुनै पनि खेल रहेको छैन ।
एनपीएलमा यसअघि नै जारी गरेको खेल तालिकाको आज सातौं दिनमा प्रतियोगिता राखिएको छैन ।
आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले आज विश्राम दिन तोकेको हो ।
सोमबार भने २ खेल राखिएको छ ।
पहिलो खेल बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विरानगर किंग्सबीच हुनेछ ।
त्यस्तै, दोस्रो खेल साँझ ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच खेलिनेछ ।







