दिनेश चम्कदाँ तनहुँको जित

-


     नयाँ लिपि    
     असार १ गते २०८१ मा प्रकाशित


पोखरा । दिनेश बुढामगरको उत्कृष्ट ब्याटिङले दोस्रो प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा तनहुँले जितेको छ । तनहुँले म्याग्दीलाई ११६ रनले पराजित गर्दा उनी एक्लैले ९५ रनको बनाए ।
पोखरा रंगशालामा व्याटिङका लागि तेस्रो क्रममा मैदानमा उत्रिएका म्याग्दीका बलर अशोक कार्कीको बलमा बोल्ड हुनु अघि ५३ बलको सामना गर्दै दिनेशले ६ छक्का र ७ चौका प्रहार गर्दै ९५ रनको योगदान दिए ।

तनहुँलाई सम्मानजनक स्कोर १७३ रन बनाउन उत्कृष्ट भूमिका खेलेका दिनेश म्यान अफ दि म्याच समेत घोषित भए ।

यस अघि म्याग्दीले टस आफ्नो पक्षमा पार्दै ब्याटिङको निम्तो पाएको तनहुँले २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १७३ रन बनायो । तनहुँका लागि दिपेश अधिकारीले १८, उत्सव श्रेष्ठले १२ र इशान श्रेष्ठले १५ रनको योगदान दिए । म्याग्दीका अशोक श्रेष्ठले आफ्नो चार ओभरको स्पेलमा ३८ रन खर्चिएर ३ विकेट लिए भने हरि सुवेदीले चार ओभर बलिङमा २० रन दिएर ४ विकेट हात पारे ।

यता जवाफी ब्याटिङका लागि मैदानमा उत्रिएको म्याग्दी १६.२ ओभरमा सबै विकेट गुमाउँदै ५७ रनमा समेटियो । तनहुँका चन्द्रकान्त पौडेलले आफ्नो चार ओभरको स्पेलमा एक मेडनका साथ १४ रन दिएर म्याग्दीका चारजनाखेलाडीलाई सस्तैमा पेभिलिएन फर्काए । उनले म्याग्दीका आकाश विक ४ रनको व्यक्तिगत स्कोर तथा विश्वास थापा, जस्मिन थापा र दिपक विकलाई डक आउट गरे भने सन्दिप पराजुलीले २/२ ओभरमा ६ रन दिएर २ विकेट लिए ।

म्याग्दीका लागि दोहोरो रन जोड्ने एक मात्र व्याटर सिद शाक्य २६ बलको सामना गदैै १२ रनमा रिर्टायड हर्ट हुँदै पेभिलिएन फकिएका थिए ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको दोस्रो दिन शनिबार कास्की र म्याग्दी र दोस्रो खेल बाग्लुङ र तनहुँका बीच हुनेछ ।

प्रतियोगितामा उपाधि बिजेता टिमले नगद रु १ लाख र उपबिजेताले नगद ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता अन्तर्गत हरेक दिन २ खेल सञ्चालन हुने संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिएका छन् ।