
नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत बारा जान खोज्दा सिमरा विमानस्थलमा तनाव भएको छ।
एमालेको कार्यक्रममा सहभागी हुन बारा पुग्ने थाहा पाएपछि त्यहाँस्थित एउटा समूहले जेन-जीका नाममा तोडफोड र प्रदर्शन गरेको हो ।
जेन-जीका नाममा उत्रिएको यो समूहले एमालेको कार्यक्रम बिथोल्ने गरी विमानस्थलमै प्रदर्शन गरेको छ। विमानस्थलमा खटिएको प्रहरी र जेन-जीका नाममा उत्रिएको उक्त समूहबीच झडपसमेत भएको छ ।
सिमरा विमानस्थलमा तनाव भएपछि काठमाडौंबाट उड्न लागेको बुद्ध एयरको जहाज नै रोकिएको छ ।
जेन-जीका नाममा गरिएको प्रदर्शन उग्र बनेपछि सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यु जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाराले बुधबार दिउँसो साढे १२ देखि बेलुका ८ बजेसम्म सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
जारी आदेशअनुसार जीतपुर सिमरा उपमहानगरपालिका क्षेत्रभित्र निम्न स्थानहरूमा पाँचजना वा सोभन्दा बढी व्यक्ति भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा(बैठक गर्न वा आवतजावत गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।







