
श्रीलंकामा र भारतमा जारी पहिलो दृष्टिविहीन टी २० महिला विश्वकपमा नेपाली टिमकी कप्तान विनिता पुनले शतकीय पारी खेलेकी छिन् ।
श्रीलंकामा पाकिस्तान विरुद्ध भएको खेलमा कास्की माछापुच्छ्रेकी पुनले ५२ बलमा शतक पुरा गरिन् । पुनले ५४ बल खेल्दै कूल १ सय ७ रन बनाइन् ।
चोटकाकारण ३ दिनको आरामपछि मैदानमा उत्रिएकी पुनले पाकिस्तानले दिएको १ सय ७१ रनको लक्ष्य १३ ओभरमा पुरा गरेर १० विकेटको जीत निकाल्न सफल भयो ।
त्यस्तै, ओपनर मनकेसी चौधरीले ३१ बलमा ४३ रनको योगदान दिइन् ।
जितसँगै नेपालले लिग चरणका ४ खेलबाट एक हार र तीन जितसँगै सेमिफाइनलमा पुगेको छ ।
कप्तान पुनलाई विश्वकप खेल्नु अघि नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले उनको जन्मथलोमा पुगेर जीतको शुभकामना दिँदै नगद र प्रशंसापत्रसहित सम्मान गरेको थियो ।







