‘एनजीओका मान्छेलाई फुत्त सरकारमा लगेर चुनाव गराउँछु भन्नु हाँस्यास्पद !’ – नेता अधिकारी

santan ads

नेकपा एमालेले आज देशैभर जनसभा गरिरहेको छ । सोही कार्यक्रम अनुसार नेकपा एमाले कास्कीले पनि पोखराको पृथ्वीचोकमा लोकतन्त्रको जगेर्ना, संविधानको रक्षाकालागि प्रतिगामी षडयन्त्र विरुद्ध नारासहित जनसभा गरेको छ ।

जनसभाका प्रमुख वक्ता एमाले पोलिटब्यूरो सदस्य एवं पुर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले अहिलेको परिस्थितिमा चुनाव हुन नसक्ने भन्दै संसद पूर्नस्थापनको माग गरेका छन् ।

आज बलात्कारका केसमा, ज्यानकेसमा र चोरी डकैतिका केसमा गएका फरार छन् अधिकारीले भने ‘प्रहरीका यूनिपफर्म र हतियार उनीहरुसँगै भएकाबेला चुनाव सम्भव छैन ।’

हतियार, पोशाक र गोलाबारुद फिर्ता नगरी चुनाव हुन नसक्ने उनको धारणा छ । उनले भनेका छन् ‘एमाले चुनाव विरोधी पार्टी होइन तर अध्यक्ष केपी ओलीलाई स्थानहदमा राखेर चुनाव हुन्छ भन्नु हाँस्यास्पद तर्क हो ।’

पार्टी अध्यक्षलाई राजधानी बाहिरका कार्यक्रममा जान नदिएर सरकार निरंकुश र लोकतन्त्र विरोधी भएको र व्यवस्था र संविधानको रक्षार्थ एमालेले आज देशभर जनसभा गरेको उनले जनाए ।

एनजीओका मान्छेलाई फुत्त सरकारमा लगेर नाटक मन्चन भइरहेको भन्दै अधिकारीले उनीहरुको डिजाइनमा लगिएका व्यक्तिबाट निष्पक्ष छानबीन असम्भव रहेको उनको भनाई छ ।

‘एमले छानबीनमा जान तयार छ, कुनै व्यवधान हुँदैन’ उनले भने ‘तर, पूर्वाग्रही ढंगले गठन गरिएको आयोग र त्यसका प्रमुखबाट हुने छानबीन मन्जुर छैन ।’

सभामा एमाले कास्की इन्चार्ज कृष्ण थापाले जेनजी आन्दोलनको २४ गते आतंककारीहरले जसरी व्यक्तिको सम्पत्तिमाथि तोडफोड र आगजनी गरेका छन् उनीहरु छिट्टै कारागारमा वा यमलोक पुग्ने दाबी गरे ।

सभाको सञ्चाललन एमाले कास्कीका सचिव दर्शन लामाले गरेका थिए । सभा अघि पोखराको विभिन्न स्थानबाट प्रदर्शन गर्दै कार्यकर्ताहरु पृथ्वीचोक पुगेका थिए ।

Scroll to Top