व्यापार खस्किएपछि दोहोरो पार्किङ माग्दै ट्राफिकसमक्ष पुगे न्यूरोडका व्यापारी

santan ads

पोखराको न्युरोडका व्यवसायीहरूले एकतर्फी पार्किङका कारण व्यवसायमा नकारात्मक असर परेको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।

सभागृहदेखि बीपी चोकसम्मको पश्चिम भागका करिब २०० व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाका वडा नं ८ र ९ मा ज्ञापनपत्र बुझाएका छन्।

न्युरोड व्यवसायी समितिका संयोजक प्रदीप राज भण्डारीले एकतर्फी पार्किङले गर्दा व्यवसाय पलायन हुने र सटरहरू खाली रहने अवस्था आएको बताए।

भूकम्प, नाकाबन्दी, कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दीको चपेटामा परेका व्यवसायीहरूलाई एकतर्फी पार्किङले झनै समस्यामा पारेको उनले उल्लेख गरे।

व्यवसायी तथा घरधनीहरूको भेलाले दुवैतर्फ पार्किङको व्यवस्था मिलाउन कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजित कुमार देवकोटा, पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बराल र वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानीलाई आग्रह गरेका छन्।

Scroll to Top