नेकपा एस ‘भयानक’ होला भनेको, यात्रा सकियो – नेतृ झाँक्री

santan ads

नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाँक्रीले भयानक होला भनेर सुरु गरेको यात्रा समाप्त भएको बताएकी छन् ।

एकीकृत समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र)सहित ९ वाम दलसँग एकताको निर्णय गरेपछि एमाले फर्किने निर्णय गरेकी झाँक्रीले पत्रकार सम्मेलन गरेर यस्तो बताएकी हुन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै झाँक्रीले भनिन्, ‘प्रारम्भका दिनमा भयानकै अभियान चल्छ होला भन्ने विश्वासले लागेका थियौं । त्यो अभियान समाप्त भएको छ । हाम्रो अध्याय टुंगिएको छ । पार्टी विघटन भएको छ ।’

नेत्री झाँक्रीले माधवकुमार नेपाललाई निर्वाचन आयोगमा डोहोर्‍याएको दृष्यकोसमेत सम्झना गरेकी छन् । यो दृश्यलाई लाई लिएर आफूमाथि प्रश्न उठेको भन्दै उनले त्यो एउटा बिम्ब मात्र भएको प्रष्ट पारिन् ।

‘फोटोलाई लिएर मलाई पार्टी विभाजनका लागि मुख्य जिम्मेवार बनाइयो । त्यो एउटा बिम्ब मात्र थियो’, उनले भनिन् ।

Scroll to Top