
पोखराको युनाइटेड क्लबले आयोजना गर्ने १४ औं संस्करणको पोखरा महोत्सव आगामी पुस २९ देखि माघ ११ गतेसम्म सञ्चालन हुने भएको छ। क्लबको १६ औं साधारणसभाले महोत्सवको मिति तय गरेको हो।
साधारणसभामा बोल्दै क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले सामाजिक कार्यका लागि पोखरा महोत्सवलाई निरन्तरता दिँदै यसलाई राष्ट्रिय स्तरको क्लब बनाउनुपर्नेमा जोड दिए। निवर्तमान अध्यक्ष राजु श्रेष्ठले आगामी दिनमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरे।
साधारणसभाले अध्यक्ष लोकबहादुर थापाको प्रतिवेदन, महासचिव दिनेश सुनारको प्रतिवेदन र कोषाध्यक्ष जयराम आचार्यको प्रतिवेदन पारित गरेको छ।







