कास्की प्रहरीले तिहारको मौका छोपेर जुवातास खेल्ने २० जनालाई पक्राउ गरेको छ ।
प्रहरीले विशेष सूचनाको आधारमा पोखराको नयाँबजारबाट पाँचजना जुवाडेलाई २ सय १२ पत्ति ताससहित नगद २ लाख ५१ हजार ४५५ रुपैयाँ बरामद गरेको छ ।
त्यस्तै, सोमबार बिहान विजयपुरस्थित लप्सीबोट सामुदायिक जंगलबाट बिहान १० बजे कौडा हानिरहेका ७ जना पक्राउ परेका छन् । उनीहरुको
साथबाट १४ थान कौडा र ७७ हजार २०५ रुपैयाँ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतका अनुसार सोमबारै पोखराको मोहोरिया टोलबाट ८ जुवाडे पनि समातिएका छन् ।
उनीहरुको साथबाट ६ बुक तास र नगद २ लाख ७३ हजार ४४५ रुपैयाँ बरामद गरिएको छ ।
जुवाडेउपर अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको डिएसपी बस्नेतले जानकारी दिए ।
फाइल तस्बिर