शिक्षामन्त्री महावीर पुनले मध्यरातको १२ बजे नेकपा एमालेका नता महेश बस्नेतलाई कटाक्षा गर्दै धेरै चुरीफुरी र घमण्ड नगर्न भनेका छन् ।
एमाले नेता बस्नेतले ‘मन्त्रीलाई क्वार्टर र गार्ड चाहिँदैन भने उनीहरुको पनि सम्पत्ति छानबीन गर्नुपर्छ’ भन्दै दिएको अभिव्यक्तिप्रति मन्त्री पुन क्रुद्ध भएका हुन् ।
मन्त्री पुनले सामाजि सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्ः
महेश भाई , मलाई क्वाटर चाहिदैन, मलाई गार्ड चाहिँदैन भन्ने मै हूँ। म केशर शमसेरको दरबाररमा बसेको छु जहा मन्त्रालय छ। धेरै चुरीफुरी र घमण्ड नगर।
मेरो घर र मेरो गार्ड कहाँ छ देखाउ ? तथ्य नबुझीकन धेरै हावा कुरा नगर। म कस्तो मान्छे हुँ भन्ने कुरा तिमीलाई थाहा नै नभए जस्तो नगर है त।
तीन चार पटक त भेटेर कुरा पनि भएको थियो त यार । तिम्रो फोन नम्बर मसँगै छ त अहिलेसम्म । खाल्डोमा जाने काम पटक्कै नगर। तिमी अझै पनि धेरै बर्ष बाँच्ने उमेर छ ।