‘रात’ र ‘नक्कली पेस्तोल’को सहारामा सुन लुट्न खोज्दा समातिए सुजन

santan ads

पोखरा-१२ शितलदेवीको हिटिमार्गमा सोमबार साँझ करिब साढे ८ बजे एक स्थानिय देवीकला अधिकारीको सुन लुट्ने प्रयास गरेका एक युवालाई प्रहरीले समातोको छ ।

नक्कली पेस्तोल देखाई अधिकारीको घाँटी र कानमा लगाएको सुन तान्ने क्रममा महिलाले हार गुहार गरेपछि ती युवा भागेका थिए ।

उक्त सूचना पाए लगत्तै वडा प्रहरी कार्यालय रामबजारको टोलीले विकलाई पेस्तोल र मोटरसाइकलसहित पक्राउ गरेको हो ।

ग १३ प ९८३२ नं पल्सर बाईकमा आएको युवाले घाँटी र कानमा लगाएको सुन लुछुन खोज्दा अधिकारीले प्रतिकार गर्दा मोटरसाइकल ढलेपछि विक हेलमेट लगाएर भागेका थिए ।

२० वर्षीय विकलाई पोखरा १२ को भेटनरी नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

भलाम स्थानीय ठेगाना भएका विकउपर आवश्यक अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

विकले नक्कली पेस्तोल पड्काएर भागेको प्रहरीको दाबी छ । ‘लुटपाटमा विक एक्लै रहेको अनुमान गर्दै प्रनाउ बस्नेतले नक्कली पेस्तोलबारे पनि थप खोजी गरिरहेको बताएका छन् ।

Scroll to Top