पोखरा महानगरपालिकाले विपद्सम्बन्धी राहत र सहायताका कागजात पुनः बुझाउन अनुरोध गरेको छ ।
जेनजी आन्दोलका दौरान महानगरको भौतिक संरचना जलेर पूर्णतः नष्ट हुँदा विपद् व्यवस्थापन शाखासमेत ध्वस्त भएको भन्दै महानगरले पुनः कागजात मागेको हो ।
‘भदौ २३ गतेसम्म शाखामा बुझाइएको सम्पूर्ण कागजात जलेर नष्ट भएको छ’ महानगरले भनेको छ ‘आजको मितिदेखि ३० दिनभित्र पुनः राहत र सहायताका कागजात बुझाउनु ।’
सम्बन्धित व्यक्तिले उक्त कागजातको सिफारिश वडा कार्यालयबाट बनाउनु पर्नेछ ।
‘सेवा प्रवाहमा समस्या हुन दिन निर्धारित समयमै कागजात बुझाउनुहोला’ महानगरले भनेको छ ।
