आन्दोलनताका भागेका ६ सय ४८ विदेशी कैदीबन्दीको नाम सार्वजनिक

santan ads

जेन–जी आन्दोलनका दिन देशभरका कारागारहरूबाट भागेका कैदीबन्दीमध्ये पाँच हजार ५४७ जना अझै फरार रहेका छन्।

जसमध्ये ६ सय ४८ जना विदेशी रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

विभागका अनुसार फरारमध्ये ५४० जना भारतीय नागरिक छन् भने अन्य देशका १०८ जना विदेशी नागरिक पनि सामेल छन्।

कारागार व्यवस्थापन विभागले आइतबार उनीहरूको नामावली सार्वजनिक गर्दै हालसम्म नौ हजार आठ जना मात्र कारागारमा पुनः फर्किएको जानकारी दिएको हो।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा देशका विभिन्न कारागार तोडफोड भएपछि ठूलो संख्यामा कैदीबन्दी फरार भएका थिए।

आइतबार गृहमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले कारागार बाहिर रहेका कैदीबन्दीलाई शीघ्र फिर्ता ल्याउने कार्यलाई प्रभावकारी बनाउन फरार व्यक्तिहरूको नामावली सार्वजनिक गर्ने निर्णय गरेको विभागले जनाएको छ।

विभागले आम नागरिकलाई पनि फरार कैदीबन्दीको सुराकी दिने गरी सहयोग गर्न आग्रह गरेको छ।

Scroll to Top