लेकसाइडमा चौधरीमाथि आक्रमण, कारवाहीको माग गर्दै कलवार समुदाय

santan ads

पोखराको लेकसाइडमा कलवार युवा समितिका अध्यक्ष रोहित चौधरीमाथि सोमबार साँझ कुटपिट भएको छ ।

अपरिचितले गरेको धारिलो हतियारको आक्रमणबाट घाइते चौधरीको हाल मेट्रोसिटीमा उपचार भइरहेको छ

चौधरीमाथि भएको कुटपिटपछि कलवार समुदायका प्रतिनिधि आज जिल्ला प्रहरी कार्यालय कास्की पुगेका छन् ।

कलवार कल्याणकारी सेवा समाज पोखराका अध्यक्ष अशोककुमार चौधरीले ज्यान मार्ने उद्योगको आरोपमा जाहेरी दर्ता गराएका हुन् ।

उनले ‘अज्ञात व्यक्तिहरूले धारिलो हतियार र पञ्चिङ् नक प्रयोग गरी आक्रमण गरेको’ भन्दै दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेका छन् ।

महोत्तरीको औरही नगरपालिका–१ का स्थायी बासिन्दा चौधरी हाल पोखरा वडा ५ बस्दै आएका छन् ।

३६ वर्षीय चौधरी आफ्नी आमा, श्रीमती र सन्तानसहित हिँडिरहेका बेला दुई जना अपरिचित व्यक्तिले मोटरसाइकलमा आएर धारिलो हतियार र पञ्चिङ् नक प्रयोग गरी आक्रमण गरेको जाहेरीमा उल्लेख छ ।

चौधरीको टाउकोको हड्डी फुटेकाकारण शल्यक्रिया गरिएको र हाल आइसीयूमा राखी उपचार भइरहेको छ ।

जाहेरी बुझ्दै जिप्रका कास्कीका डिएसपी हरिबहादुर बस्नेतले आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान र खोजी कार्य अघि बढाइसकिएको जानकारी दिएका छन् ।

Scroll to Top