football nepal

फुटबल :भियतनामसँग खेल्ने राष्ट्रिय टोली घोषणा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले किरणकुमार लिम्बूको कप्तानीमा आज २३ सदस्यीय नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गरेका छन्।

एफसी एसिया कप छनोट २०२७ अन्तर्गत भियतनामविरुद्धको खेलको लागि मुख्य प्रशिक्षक म्याटले २३ सदस्य नेपाली टोलीको घोषणा गरेका हुन्।

टोलीमा कप्तान लिम्बूसँगै अभिषेक लिम्बू, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, बिमल पाण्डे, विशाल सुनार, दिप कार्की, दिनेश हेञ्जन र जिलेस्पीजङ कार्की छन्।
यसैगरी कृतिकरत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ छन्।

नेपालले भियतनामसँग दुई खेल खेल्नेछ। खेल यही असोज २३ गते भितनाममा हुनेछ।

Scroll to Top