यु-१७ साफ च्याम्पियनसिप : नेपाल पराजित

santan ads

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-१७ च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित भएको हो।

श्रीलङ्काको कोलोम्बोमा आज सम्पन्न खेलमा बङ्गलादेशसँग नेपाल ४-० गोलअन्तरले पराजित भएको हो। बङ्गलादेशको जितमा सबिर इस्लाम, ओपु रहमान, मोहम्मद आरिफ र मोहम्मद मानिकले समान एक-एक गोल गरे। 

जितसँगै तीन अङ्क जोडेको बङ्गलादेश समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। त्यस्तै पराजित नेपाल दुई खेलबाट तीन अङ्कका साथ दोस्रो स्थानमा छ। पहिलो खेलमा नेपालले श्रीलङ्कालाई २-० ले पराजित गरेको थियो।

प्रतियोगितामा विभिन्न सात राष्ट्रको सहभागिता छ। जसमा नेपाल, श्रीलङ्का र बङ्गलादेश समूह ‘ए’ मा छन् भने भारत, पाकिस्तान, माल्दिभ्स र भुटान समूह ‘बी’ मा छन्। 

Scroll to Top