कास्की प्रहरीको खण्डहर भवनलाई उठाउन स्थानीयको साथ

santan ads

जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट खण्डहर बन्न पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीको भवनलाई पुनः उठाउन स्थानीयले सहयोग गर्ने भएका छन् ।

हाल जिप्रका कास्की क्षतिग्रस्त प्रहरी युनिट र क्षतिको विवरण संकलनमा जुटेको छ । क्षतिको मूल्यांकनपछि पुनर्निर्माण सुरु गरिने जिप्रकाका डिएसपी हरिबहादुर बस्नेत बताउँछन् ।

डिएसपी बस्नेतका अनुसार स्थानीय समाजसेवाी, उद्योगी, व्यापारी, व्यवसायीलगायतले पोखराका सम्पूर्ण प्रहरी भवन आफूहरुले बनाइदिने बताएका छन् र आवस्यक सहयोग पनि सुरु गरेका छन् ।

Scroll to Top