गुड न्यूजः कफ्र्यू र सेना परिचालनपछि स्वभाविक लयमा फर्कदै पोखरा

santan ads

जेनजी आन्दोलनले पारेको प्रभावले पोखरामा परिवर्तनसँगै जनजीवनसमेत त्रसित भइरहेकाबेला सेनाको उपस्थिति र स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा एवं कफ्र्यूले जनजीवन स्वभाविक लयमा फर्कन थालेको छ ।

निषेधाज्ञाकैबीच बिहीबार सडक चलायमान देखिएको पोखरामा आज व्यस्तता बढी नै देखिएको छ । बिहानको १० बजेसम्म किनमेलका लागि सवारीसाधन र आवतजावत खुल्ला गरेपछि बजार केही व्यस्त देखिएको हो ।

यद्यपि, १० बजेपछि पनि स्थानीयको आवतजावतमा सेना र अन्य सुरक्षाकर्मीले अवरोध गरेका छैनन् । सेनाले नगरका भित्री भागमा गस्ती बढाइरहेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले बिहानको समयमा आवतजावत खुकुलो पारिएको सञ्चारकर्मीलाई प्रतिक्रिया दिएकी छिन् ।

शर्माका अनुसार आज दिउँसोसम्मको परिस्थिति मूल्याङ्कन गरेर निषेधाज्ञालाई थप कडा बनाउने वा सहज बनाउँदै जाने निक्र्याैल गरिनेछ ।

अत्यावश्यक कामका लागि बिहान र साँझपख आवतजावत गर्न निषेधाज्ञा खुकुलो पारिएको शर्माले बताइन्। पोखरा महानगरपालिकाभित्र रातको समयमा भने कर्फ्यु यथावत् छ।

Scroll to Top