पर्वतीय दौडलाई सफल पार्न पर्यटन व्यवसायीको साथ

santan ads

-फारम भर्ने अन्तिम मिति भदौं २५ सम्म 

पोखरा । विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने दोस्रो पुम्दीभुम्दी पर्वतीय दौड प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न पर्यटन व्यवसायीहरूले प्रभावकारी ढंगले सहयोग गर्ने भएको छ । 

पोखरा प्रबद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा यही असोज ४ गते पोखरामा आयोजना हुन लागेको प्रतियोगिताबारे शनिवार पोखरामा आयोजित छलफल कार्यक्रममा पर्यटन व्यवसायीहरूले प्रभावकारी ढंगबाट सहयोग गर्ने बताएका हुन । 

प्रतियोगिता संयोजक दीननाथ बरालको अध्यक्षतामा बसेको छलफल कार्यक्रममा व्यवसायीहरूले सरकारले हाल फेसबुकसहितका सामाजिक सञ्जाललाई निष्कृय पारेकाले सञ्चालनमा रहेका भाइभर र टिकटकलाई प्रचार सामाग्रीकारूपमा अघि बढाउन सुझाव दिए ।

कार्यक्रममा बोल्दै बक्सिङका पदकधारी खेलाडी एवं अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्वतीय दौड प्रतियोगिताले पोखरा क्षेत्रको खेल पर्यटनलाई महत्व दिएको हुँदा उक्त प्रतियोगितालाई सफल पार्न निजी क्षेत्रसहित स्थानीय सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताए ।

पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराईले यस्ता प्रतियोगिता र विभिन्न अभियानहरूलाई सफल पार्न हाल सञ्चालनमा आएका सञ्जालमा जोडिएर आवश्यक प्रचारप्रसार गर्न सुझाव दिए । 

सरकारले फेसबुकसहित २६ वटा सामाजिक सञ्जाललाई निष्कृय पार्दा पर्यटनसहित धेरै क्षेत्र प्रभावित भएको गुनासो गरे ।  

साथै उनले प्रतियोगितालाई सफल पार्न पोखरा भ्रमण वर्षबाट न्यूनतम ३० देखि ५० हजार सहयोग गर्ने र व्यक्तिगत १० हजार सहयोग गर्ने घोषणा गरे । 

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले सहयोग गर्ने जनाएका छ्न ।

प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न गर्न करिब १६ लाख ९१ हजार रूपैयाँ खर्च हुने पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले जानकारी  दिए । 

Scroll to Top