एभरेस्ट महिला भलिबल : आज दुई खेल हुँदै

santan ads

पोखरा । पोखरामा जारी वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) अन्तर्गत तेस्रो दिन आज दुई खेल हुँदैछ ।

पहिलो खेल काठमाडौं स्पाइकर्स र मधेश युनाइटेडबीच दिउँसो २ बजे सुरु हुनेछ । दोस्रो खेल लुम्बिनी लाभाज र पोखरा निन्जाजबीच अपरान्ह ४ बजे सुरु हुनेछ ।
दुई खेल खेलिसकेको मधेशले एक जित र एक हारको नतिजा निकालेको छ । पहिलो खेलमा ललितपुर क्विन्ससँग पराजित भएको मधेशले शनिवार पोखरा निन्जाजलाई हराउँदै पहिलो जित हात पारेको थियो ।

यसैगरी अर्को खेलमा लुम्बिनी लाभाज र पोखरा निन्जाज दुवै टोली पहिलो जितको खोजीमा छन् । लुम्बिनी आफ्नो पहिलो खेलमा साविक विजेता कर्णाली यशविसविरुद्ध पराजित भएको थियो । कर्णाली विरुद्ध पहिलो सेट आफ्नो पक्षमा पारेपनि लुम्बिनीले त्यो लय कायम राख्न नसक्दा ३–१ को सेटमा खेल गुमाएको थियो ।

यस्तै कप्तान अरुणा शाही तेस्रो सेटमा घाइते हुँदै कोर्ट छाड्नुपर्दा त्यसको पनि असर पर्‍यो । निधारमा चोट लागेको अरुणाले आजको खेल खेल्ने छैनन् ।

यस्तै घरेलु टोली पोखराले पहिलो खेलमा कर्णालीसँग पराजित भएको मधेश दोस्रो खेलमा मधेश युनाइटेडसँग पराजित भएको थियो ।लगातार दुई खेल हारिसकेको पोखराले आजको खेल जित्नैपर्ने अवस्थामा छ ।

Scroll to Top