पोखराको डेभिज फल्स ठेक्कामा लगाउने निर्णयपछि भएको सार्वजनिक सुनुवाईले हिंसाको रुप लिएको छ ।
सार्वजनिक सुनुवाईमा स्थानीयको आक्रोश थेग्न नसकेपछि मेयर धनराज आचार्य र जनप्रतिनिधि सुरक्षा घेरामा बाहिरिएपछि सहभागीबीच विवाद बढेको थियो ।
सोही विवादकाबीच वंशसिंह खवासले निर्दाेषसिंह पौडेलमाथि खुकुरी प्रहार गरेका छन् ।
पौडेल नेपाल विद्यार्थी संघका नेता रहेको खुलेको छ । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
वडा प्रहरी कार्यालय बैदामका डीएसपी नमराज भट्टराईले दिएको जानकारी अनुसार खुकुरी प्रहार गर्ने खवास पनि अस्पताल भर्ना भएका छन् ।
खुकुरी प्रहारलगत्तै खवासलाई स्थानीयले नियन्त्रणमा लिई लछारपछार गरेपछि घाइते भएका उनलाई गण्डकी मेडिकल कलेज भर्ना गरिएको छ ।
खवासकाबारे विस्तृत जानकारी भइनसकेको बताउँदै डीएसपी भट्टराईले उपचारपश्चात् अनुसन्धान गरिने नयाँलिपिलाई बताए ।