portugal train accident

पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु,१८ जना घाईते

पोर्चुगलको राजधानी लिस्बनमा बुधबार साँझ पर्यटकमाझ लोकप्रिय ग्लोरिया फ्युनिकुलर रेल दुर्घटनामा परि १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले बताएका छन्। घटनामा परेका रेलको डिब्बा लिकबाट उछिट्टिएर नजिकैको भवनमा ठोक्किएको थियो। फ्युनिकुलर रेल ढलानयुक्त सडकमा माथि(तल सञ्चालन हुने गर्दछ। प्रारम्भिक जानकारी अनुसार सपोर्टिङ केबल भाँचिएपछि रेल नियन्त्रण बाहिर गएर दुर्घटना भएको हो।

दुर्घटनाको दृश्यमा डिब्बा पूर्णरूपमा क्षतिग्रस्त देखिएको छ। आपतकालीन सेवाका कर्मचारीहरूले घटनास्थलमा पुगेर तत्काल उद्धार कार्य सञ्चालन गरेका थिए।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सुजाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै छानबिनका लागि निर्देशन दिएका छन्।एजेन्सी

Scroll to Top