चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो महिनामै नेपालमा करिब साढे तीन अर्ब रुपैयाँभन्दा बढी मूल्यको स्मार्टफोन आयात भएको छ ।
चालू आवको साउन महिनाभित्र विभिन्न मुलुकबाट ३ अर्ब ४१ करोड ९२ लाख २२ हजार रुपैयाँ बराबरका १ लाख ९८ हजार ३३३ वटा स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
यस अवधिमा सबैभन्दा धेरै २ अर्ब ६८ करोड ११ लाख ५८ हजार रुपैयाँको १ लाख ७५ हजार ८२९ वटा स्मार्टफोन चीनबाट आयात भएका छन् ।
नेपालमा चीन, भारत, जर्मनी, क्यानडा बेल्जियम, हङकङ, जापान, थाइल्यान्ड, स्विजरल्यान्ड लगायत मुलुकबाट स्मार्टफोन आयात हुने गर्दछ ।
अघिल्लो आव २०८१/८२ को सोही अवधिमा ३ अर्ब ४६ करोड ६३ लाख ५८ हजार रुपैयाँ बराबरका २ लाख २५ हजार १६३ ओटा स्मार्टफोन आयात भएको थियो ।
यस अवधिमा सबैभन्दा बढी २ अर्ब रुपैयाँका १ लाख ५५ हजार वटा स्मार्टफोन चीनबाट आयात भएको थियो ।